काठमाडौँ । व्यवसायी शेखर गोल्छा आजै रिहा हुने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार जिल्ला अदालत, काठमाडौँले हिरासतमा राख्न अनुमति नदिएपछि व्यवसायी गोल्छालाई आजै छाड्न लागिएको हो।
बीमा सम्बन्धी मुद्दा बाँकी भएकाले हिजो नियन्त्रणमा लिइएका उनलाई अदालतले म्याद थप नगरेपछि अब छोड्ने प्रक्रियामा गएको ब्युरोको भनाइ छ ।
व्यवसायी गोल्छाविरुद्ध धितोपत्र र बिमा सम्बन्धी कसूरमा ब्युरोले अनुसन्धान गरिरहेको छ। गोल्छालाई प्रहरीले वैशाख १४ गते पक्राउ गरेको थियो।
प्रतिक्रिया