आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे मंगलबार सुन प्रतिताेल २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने हिजाेकाे तुलानामा आज सुन र चाँदीको दुवैकाे मूल्य बढेकाे हाे । महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी १ सय ७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी तोलामा चार हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया