+
Search

ताजा अपडेट +

पपुलर +

बैंकिङ कसुर मुद्दामा फरार कन्दङवा पक्राउ

शब्द-यात्रा
२०८३ बैशाख २३, बुधबार

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवा पक्राउ परेकी छिन् ।

दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ृउनलाई काठमाडौँ महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनको चेक अनादर मुद्दामा जम्मा बिगो रकम रु ४० लाख रहेको र निजलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, फिदिम, पाँचथर पठाइएको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा