+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ बजेट भाषण प्रतिनिधिसभाको नयाँ हलमा गर्ने तयारी

शब्द-यात्रा
२०८३ बैशाख २४, बिहीबार

संघीय संसद्को वर्षे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ ।

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाको नयाँ हलमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक सिंंहदरबारस्थित बहुउद्देश्यीय हलमै बस्नेछ भने राष्ट्रियसभाको बैठक पनि यसअघि कृषि समिति रहेको हलमा नै बस्ने तय भएको छ ।

तर, बजेट भने प्रतिनिधिसभाको नयाँ हलमै प्रस्तुत गरिने सम्भावना रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा