पछिल्लाे २४ घण्टामा ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनको कारबाहीमा १८ लाख ७६ हजार बढि राजस्व संकलन गरेकाे छ । १ हजार ८ सय ६ सवारी चालकले सवारी नियम उल्लङ्घन गरेकाे र उनिहरुलाई कारबाही गरि राज्यकोषमा १८ लाख ७६ हजार ५ सय ४ रुपैयाँ राजस्व दाखिला गरेकाे हाे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६२, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८८ जनालाई कारबाही गरिएको बताइएकाे छ ।
त्यस्तै ‘लेन’ अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १ सय ११ र अन्य सवारी नियम पालना नगरेका १ हजार ६२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको थियाे ।
अहिले काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।
प्रतिक्रिया