काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका व्यवसायीलाई थुन्ने र धरपकड गर्ने कुनै सूची सरकारले नबनाएको बताएका छन् ।
उनले सरकारले उद्योगी–व्यवसायीलाई धरपकड गर्दै छ भन्ने हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“निजी क्षेत्रका व्यवसायीलाई थुन्ने, धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन,” उनले भने, “तपाईंहरू हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हो ।”
१०० बिलियन डलरको अर्थतन्त्र बनाउने सरकारी योजनाको निजी क्षेत्र साझेदार रहेको पनि उनले बताए ।
प्रतिक्रिया