+
Search

ताजा अपडेट +

पपुलर +

सवारी नियम उल्लंघनको कारबाहीमा एकै दिन २० लाख बढि राजस्व संकलन

शब्द-यात्रा
२०८३ बैशाख ३०, बुधबार

पछिल्लाे २४ घण्टामा सवारी नियम उल्लंघनको कारबाहीबाट राज्यकोषमा २० लाख रुपैयाँ बढि राजस्व दाखिला भएको छ । १ हजार ६ सय ८७ सवारी चालक नियम उल्लंघनको कारबाहीबाट उक्त राजस्व दाखिला भएकाे हाे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा सवारी नियम उल्लंघनको कारबाहीबाट राज्यकोषमा रु २० लाख ३१ हजार ५ सय ६ रुपैयाँ राजस्व दाखिला भएको बताइइएकाे छ । कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६३, संकेत बत्ती उल्लंघनकर्ता १ सय ४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय १७ जनालाई कारबाही गरिएको थियाे ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६६, निषेधित क्षेत्रमा हर्न बजाउने ८६, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १ सय २१ र अन्य सवारी नियम पालना नगरेका ८ सय ४ जनालाई कारबाही गरिएको कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा