भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले तत्काल लागु हुनेगरी चिनी निर्यातमा कडाइ गर्दै आगामी सेप्टेम्बर ३० सम्मका लागि सबै खालका चिनी निर्यातमा रोक लगाएको हाे ।
वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै कच्चा, सेतो तथा रिफाइन्ड चिनीको निर्यात नीतिमा परिवर्तन गरिएको उल्लेख गरेकाे छ । भारतीय बजारमा चिनीको माग बढेकाले मूल्य नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हाे ।
चिनी उत्पादक र निर्यातकर्तामध्ये भारत विश्वकै एक प्रमुख देश भएकाले यसको असर दक्षिण एसियाली बजारमा पर्ने अनुमान गरिएको छ । नेपाली बजनरमा यसको प्रभाव छिट्टै देखिने सम्भावना रहेकाे व्यवसायीहरू बताउँछन् ।
नेपालमा चिनीको खपत बढि र आन्तरिक उत्पादन कम रहेकाले यस्काे असर नेपालमा धेरै देखिन्छ । जसका कारण भारतले निर्यात बन्द गरेपछि अब नेपाली बजारमा चिनीको मूल्य बढ्ने निश्चित छ । चाडपर्वकाे बेला चिनी धेरै खपत हुने भएकाले भारतको पछिल्लो निर्णयले नेपालीहरुकाे चाड दशैं तथा तिहारसम्म यसको असर पर्ने देखिन्छ ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि युरोप र अमेरिकातर्फ कोटा प्रणालीअन्तर्गत हुने निर्यातमा भने प्रतिबन्ध लगाएको छैन् ।
प्रतिक्रिया