+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य वृद्धि, प्रतितोला २ लाख ९२ हजार ८ सय रूपैयाँ

शब्द-यात्रा
२०८३ जेठ ११, सोमबार

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो।

महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँ रहेको चाँदीको मूल्य आज वृद्धि भएको हो भने १० ग्राम चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा