+
Search

ताजा अपडेट +

पपुलर +

आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

शब्द-यात्रा
२०८३ जेठ १२, मंगलबार

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले जारी गरेको सूचीअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद तथा बिक्रीदरमा सामान्य हेरफेर गरिएको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर रु १५२.०८ र बिक्रीदर रु १५२.६८ तोकिएको छ । त्यसैगरि युरोपियन युरो एकको खरिददर रु १७७.०९ र बिक्रीदर रु १७७.७९ कायम गरिएको छ ।

त्यस्तै पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०५.२४ र बिक्रीदर रु २०६.०५, स्विस फ्र्याङ्क एकको खरिददर रु १९४.६४ र बिक्रीदर रु १९५.४१ निर्धारण गरिएको छ भने अस्ट्रेलियन डलरतर्फ एकको खरिददर रु १०९.०३ र बिक्रीदर रु १०९.४६ कायम गरिएको छ । राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर रु ११०.१० र बिक्रीदर रु ११०.५४ रहेको छ भने सिङ्गापुर डलर एकको खरिददर रु ११९.०६ र बिक्रीदर रु ११९.५३ तोकिएको छ ।

त्यसैगरि एसियाली मुद्रामा जापानी येन १० को खरिददर रु ९.५७ र बिक्रीदर रु ९.६१ तथा चिनियाँ युआन एकको खरिददर रु २२.४२ र बिक्रीदर रु २२.५० निर्धारण गरिएको छ भने खाडी मुलुकका मुद्रातर्फ साउदी रियाल एकको खरिददर रु ४०.५३ र बिक्रीदर रु ४०.६९, कतारी रियाल एकको खरिददर रु ४१.७२ र बिक्रीदर रु ४१.८८ तथा थाई भाट एकको खरिददर रु ४.६८ र बिक्रीदर रु ४.७० कायम गरिएको छ ।

यूएई दिराम एकको खरिददर रु ४१.४० र बिक्रीदर रु ४१.५७, मलेसियन रिङ्गेट एकको खरिददर रु ३८.४८ र बिक्रीदर रु ३८.६३ तथा दक्षिण कोरियाली वन १०० को खरिददर रु १०.०४ र बिक्रीदर रु १०.०८ निर्धारण गरिएको छ ।

युरोपेली तथा अन्य मुद्रातर्फ स्विडिस क्रोनर एकको खरिददर रु १६.३९ र बिक्रीदर रु १६.४६, डेनिस क्रोनर एकको खरिददर रु २३.७० र बिक्रीदर रु २३.७९ तथा हङ्कङ डलर एकको खरिददर रु १९.४१ र बिक्रीदर रु १९.४९ कायम गरिएको छ ।

उच्च मूल्यका मुद्रामा कुवेती दिनार एकको खरिददर रु ४९५.८६ र बिक्रीदर रु ४९७.८२, बहराइन दिनार एकको खरिददर रु ४०३.४० र बिक्रीदर रु ४०४.९९ तथा ओमानी रियाल एकको खरिददर रु ३९५.०१ र बिक्रीदर रु ३९६.५७ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार भारतीय मुद्रातर्फ १०० भारतीय रुपैयाँको खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूले लागू गर्ने दरमा फरक पर्न सक्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा