लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३-८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ ।
प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कार्यसूचीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आव २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नेछन् ।
प्रतिक्रिया