मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्ताव गरेका हुन् ।
कुल बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ खर्च प्रस्ताव गरिएको छ। नेपाल सरकारको वित्तीय समानीकरण, राजस्व बाँडफाँड र सशर्त अनुदानसहित कुल ४९ करोड ७३ लाख रुपैयाँ र बागमती प्रदेश सरकारको अनुदानहरूबाट कुल १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।
बकैयाले आन्तरिक स्रोततर्फ ४ करोड ६७ लाख ७५ हजार ८८५ रुपैयाँ र राजस्व बाँडफाँडतर्फ ५ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
प्रतिक्रिया