नेप्से परिसूचक आज पनि घटेको छ । नेप्से सूचकमा यो साताको पहिलो कारोबार दिन सोमबार थप साढे १६ अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १६.५६ अंकले घट्दै २ हजार ६३३.९६ अंकमा झरेको छ ।
आज ७६ लाख ९९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया