लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गतको ११ औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ ।
बैठकमा प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजस्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यसूची छ ।
छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
त्यसैगरी मन्त्री कार्कीले ‘विनियोजन विधेयक’ प्रदेश सभामा औपचारिक रूपमा पेस गर्ने कार्यसूची पनि तय भएको छ । बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ समितिमा पठाउने प्रस्ताव पेस गर्ने समेत कार्यसूची रहेको छ ।
प्रतिक्रिया