काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ पदमा तारा मानन्धर नियुक्त हुनु भएको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उहाँले शुकुबार २०८३ जेठ १ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नु भएको हो ।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका मानन्धरले विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा रही काम गरिसक्नु भएको छ । पछिल्लो समय उहाँ डिस मेडिया नेटवर्क लि.मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो।
मानन्धरको नेतृत्वले बैंकको संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने बैंकले विश्वास लिएको जनाएको छ ।
पदभार ग्रहणपछि मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको मनोबल तथा सरोकारवालाहरूको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । बैंकले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट वित्तीय सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया