+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते हुने

शब्द-यात्रा
२०८२ पुष ९, बुधबार

काठमाडौँ । नागरिक लगानी कोषले पुस ३० गते आफ्नो ३१औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। उक्त साधारणसभा कोषको आफ्नै भवन परिसरमा सम्पन्न हुनेछ।

साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरण अनुसार सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि प्रस्तुत गरिनेछ।

यसका साथै, सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची समेत सभामा समावेश गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा