+
Search

ताजा अपडेट +

पपुलर +

जाडो बढेपछि महोत्तरीका विद्यालय बन्द

शब्द-यात्रा
२०८२ पुष १३, आइतबार

अत्यधिक जाडो बढेर जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको निर्णय गरेका छन् ।

महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।

स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी हाललाई दुईदेखि तीन दिन बिदाको घोषणा गरेका छन् । तराई–मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ । अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा