+
Search

ताजा अपडेट +

पपुलर +

चिसो अत्यधिक बढेपछि कञ्चनपुरका तीन पालिकाका विद्यालय बन्द

शब्द-यात्रा
२०८२ पुष २२, मंगलबार

कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि पालिकाले विद्यालय बिदा गरेका हुन् ।

चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ ।

बेलौरी नगरपालिकाले आगामी पुस २५ गतेसम्म जाडो बिदा दिएको छ । लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गरी विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार गरी दुई दिन बिदा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा