मोरङको ग्रामथान–६ स्थित पब्लिक माध्यमिक विद्यालय परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष प्रेमलाल माझीलाई परीक्षा केन्द्रमा एसईईमा सहभागी विद्यार्थीलाई चिट चोराएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार भएको लेखा विषयको परीक्षाका क्रममा माझीले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका माझीलाई शिक्षा ऐन तथा परीक्षा सम्बन्धी कसुर अन्तर्गत कानूनी प्रक्रिया अगाडि बढाउन जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको बताइएकोृ छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया