+
Search

ताजा अपडेट +

पपुलर +

मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाहीको जिम्मेवारी स्थानीय तहकोः शिक्षामन्त्री

शब्द-यात्रा
२०८३ बैशाख २६, शनिबार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयमाथि कारबाही गर्ने जिम्मेवारी स्थानीय तहको रहेको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अत्यधिक भर्ना तथा वार्षिक शुल्कसम्बन्धी गुनासोमा कारबाही गर्न नगरपालिकाहरूलाई निर्देशन दिइएको जानकारी दिए ।

उनले आवश्यक परे संघीय सरकारले कार्यान्वयनमा सहयोग गर्न तयार रहेको पनि बताए । मन्त्री पोखरेलले नगरपालिका संघका प्रतिनिधिसँग यस विषयमा छलफल भएको उल्लेख गर्दै पार्टीको घोषणापत्रअनुसार विद्यार्थी संगठनहरू विघटन गर्ने निर्णय गरिएको पनि बताए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा