काठमाडौँ । सरकारले कक्षा १२ को परीक्षाका विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
विद्यार्थीले उठाएको आवाज सम्बोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ का विद्यार्थीको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।
कक्षा १२ को परीक्षाको नतिजा हतारमा प्रकाशित गर्दा गडबड भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन्। उनीहरूले बिहीबार माइतीघर मण्डलमा समेत प्रदर्शन गरेका थिए।
प्रतिक्रिया