+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले बढायो वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क, अब ९ हजार ५०० रुपैयाँ तिर्नुपर्ने

शब्द-यात्रा
२०८२ मंसिर १०, बुधबार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरूको नाममा परिपत्र गरेको छ ।

मन्त्रालयले ३४ प्रकारका परीक्षणहरू समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र गरेको हो ।

यसअघि तीन हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो । तर मलेसियाको हकमा भने ९ हजार ८ सय रुपैयाँ लिने गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा