+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा सहकारीले एक लाखभन्दा कम बचत रकम फिर्ता गर्ने, प्रमाण लिएर कार्यालयमा आउन आग्रह

शब्द-यात्रा
२०८२ पुष ९, बुधबार

काठमाडौँ । पोखरा बचत तथा ऋण सहकारी संस्थाले पहिलो चरणमा १ लाखभन्दा साना बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न भएको छ ।

सञ्चालक समितिले पुस १३ गतेदेखि १ लाखभन्दा कम बचत फिर्ता गरिने भन्दै संस्थाले आफ्नो बचत रहेको प्रमाण, चेकबुक, पासबुक तथा परिचयपत्र लिएर कार्यालयमा आउन आग्रह गरेको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका संस्थाका अध्यक्षसहित सञ्चालक समितिका ८ जना प्रहरी हिरासतबाट छुट्नासाथ सञ्चालक समितिले बचतकर्ताको रकम फिर्ताको सूचना निकालेको हो ।

सहकारीको झण्डै ८९ करोड हिनामिना भएको वित्तीय विश्लेषण प्रतिवेदनमा उल्लेख थियो । सोही प्रतिवेदनका आधारमा सहकारी रजिष्ट्रार कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई छानबिन र अनुसन्धानका लागि पत्र पठाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा