+
Search

ताजा अपडेट +

पपुलर +

बैंकिङ प्रणालीबाट ५० अर्ब नगद तान्दै राष्ट्र बैंक

शब्द-यात्रा
२०८२ माघ २८, बुधबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको हो ।

खासगरी बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढ्दै जाने तर अपेक्षित रूपमा कर्जा लगानी हुँन नसक्दा केन्द्रीय बैंकले निक्षेप संकल उपकरणमार्फत तरलता तान्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूमा ७६ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । तर, यता कर्जा लगानी भने ५७ खर्ब ८३ अर्ब रूपैयाँ हाराहारी मात्र हुन सकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा