+
Search

ताजा अपडेट +

पपुलर +

बाँकेमा भेटिए १ सय १९ जना एचआईभी सङ्क्रमित

शब्द-यात्रा
२०८२ मंसिर १५, सोमबार

काठमाडौँ । बाँकेमा एचआईभी सङ्क्रमितको सङ्ख्या १ सय १९ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१–८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआईभी सङ्क्रमित फेला परेका हुन् ।

साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७ पुरुष र १२ महिला रहेका छन् । सङ्क्रमितध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् ।

आर्थिक वर्ष २०८१र८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा