+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँ महानगरपालिकाः एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा

शब्द-यात्रा
२०८२ पुष १९, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ । उक्त सेवा सञ्चालनका लागि महानगरले रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद गरिएको हो ।

जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गरे।

उपप्रमुख डङ्गोलले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताइन् ।

वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ गरी १० वटा वडामा एक्स–रे सेवा जडान हुँदै छ । यसका लागि १० जना रेडियोग्राफर नियुक्त गरिसकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा