+
Search

ताजा अपडेट +

पपुलर +

कर्णाली सरकारले तीन स्वास्थ्य संस्थालाई दियो जनही एक करोड

शब्द-यात्रा
२०८२ पुष २४, बिहीबार

काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पतालका लागि जनही एक करोड बजेट दिएको छ ।

सुर्खेतको सालकोट अस्पतालका लागि पञ्चपुरी नगरपालिकालाई एक करोड, दैलेखको दुल्लु अस्पतालका लागि दुल्लु नगरपालिकालाई थप एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई थप एक करोड बजेट छुट्याइएको हो ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले यसबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा