काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी प्रचारमा गएका पत्रकार गाडीबाट लडेर बेहोस भएपछि आइतबार निधन भएको थियो ।
ग्रान्डी अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालबाट सिटौलाको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको हो । आज नै पोस्टमार्टपछि शव अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइनेछ ।
प्रतिक्रिया