+
Search

ताजा अपडेट +

पपुलर +

क्रायकर बिस्कुट, ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ हानिकारक- बजारबाट फिर्ता गर्न आदेश

शब्द-यात्रा
२०८३ जेठ १, शुक्रबार

काठमाडाै‌ ।  एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित क्रायकर बिस्कुट र यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ स्वास्थ्यका लागि हानिकारक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक भेटिएको हाे।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम सम्बन्धित कम्पनीलाई उक्त ब्याच नम्बरका खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न लिन आदेश दिइएको हो।

परीक्षणका क्रममा बिस्कुटमा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्डअनुरुप नपाइएको विभागको भनाइ छ। यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ पनि गुणस्तरहीन भेटिएकाले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा