काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।
निमोनिया संक्रमण भएपछि प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् ।
तीन दिनयता रुघाखोकी र ज्वरो आएका प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ ।
प्रतिक्रिया