+
Search

ताजा अपडेट +

पपुलर +

आर्थिक र प्राविधिक अभावले करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन

शब्द-यात्रा
२०८३ जेठ ३०, शनिबार

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् ।

नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका–१४ को सहिद स्मृतिलाई विसं २०८१ मा उपलब्ध गराएको रु एक करोड २० लाख मूल्य बराबरका ६ वटा डायलासिस प्रयोगविहीन छन् ।

त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको रु साढे आठ करोड बराबरका पाँच वटा डायलासिस पनि प्रयोगविहीन छ ।

यता, रामग्रामस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेको पाँच वटा डायलासिस मेसिनले दैनिक १७ जना बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ । बिरामीको चाप बढी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा