+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँ भयो पूर्ण खोप सुनिश्चित महानगरपालिका

शब्द-यात्रा
२०८३ असार २०, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको औपचारिक समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गरेका छन् ।

समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरूलाई पूर्ण खोप सुनिश्चित वडा प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

समारोहमा अधिकारीहरुले आगामी दिनमा कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा