+
Search

ताजा अपडेट +

पपुलर +

अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

शब्द-यात्रा
२०८३ साउन ९, शनिबार

धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।

तीन दिनदेखि अनशन बसिरहेका केसीको शरीरमा सुगरको मात्रा ५० सम्म झरेपछि सेती प्रादेशिक अस्पताल लगिएको र आईसीयूमा उपचार थालिएको डाक्टरले बताएका छन् ।

विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४औँ अनशन सुरु गरेका हुन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका बेला डा. केसीको अनशनलाई लिएर स्थानीयमा असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा