+
Search

ताजा अपडेट +

पपुलर +

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

शब्द-यात्रा
२०८३ साउन ९, शनिबार

झापामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेङ्गुका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिल्लामा दुई हजार जना डेङ्गु सङ्क्रमित भेटिएका थिए भने गत आवमा भने यो सङ्ख्या घटेर ६०१ जनामा सीमित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा