+
Search

ताजा अपडेट +

पपुलर +

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा, १९ तोपको सलामी र गार्ड अफ अनर प्रदान

शब्द-यात्रा
२०८२ मंसिर ६, शनिबार

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुई दिने राजकीय भ्रमणका लागि शनिबार ढाका पुगेका छन् ।

भुटानी प्रधानमन्त्री तोब्गेलाई हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि बङ्गलादेशका मुख्य सल्लाहकार प्रोफेसर मुहम्मद युनुसले स्वागत गरेको जनाइएको छ ।

दुई नेताहरूबीच विमानस्थलको भिआइपी लाउन्जमा छोटो बैठक भएको थियो भने प्रधानमन्त्री तोब्गेले शुक्रबारको भूकम्पले गर्दा भएको क्षतिको बारेमा सोधपुछ गरी पीडित परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।

बैठकपछि तोब्गेलाई अस्थायी सलामी मञ्चमा १९ तोपको सलामी र गार्ड अफ अनर दिइएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा