+
Search

ताजा अपडेट +

पपुलर +

मलेसियामा बाढीका कारण दश हजारभन्दा बढी मानिसहरू विस्थापित

शब्द-यात्रा
२०८२ मंसिर ८, सोमबार

मलेसियामा हालै आएको बाढीको कारण दश हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

उत्तरी राज्य केलान्टान सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।

लामो समयदेखि भइरहेकोे भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित आठ हजार २४८ जनालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेकर्ड सार्वजनिक गरिएको छ । अधिकारीहरूका अनुसार विस्थापितहरूलाई ३३ वटा अस्थायी बाढी पिडित राहत केन्द्रमा सारिएको छ ।

मलेसियाको मौसम विभागले हाल निरन्तर रूपमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरिरहेको छ । यसअघि सन् २०१४ डिसेम्बरमा, मलेसियामा आएको अप्रत्यासित बाढीको कारण लगभग चार लाख मानिसहरू विस्थापित हुनुका साथै मनवीय तथा भौतीक क्षतिको सामना गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा