+
Search

ताजा अपडेट +

पपुलर +

आप्रवासन नीति कडा पार्ने युरोपेली सङ्घको तयारी, अस्वीकार गरेमा कडा दण्ड र हिरासत हुने

शब्द-यात्रा
२०८२ मंसिर २२, सोमबार

युरोपेली सङ्घ (ईयू) ले आप्रवासन नीति कडा पार्ने महत्त्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ ।

नयाँ नियमअनुसार आप्रवासीहरूलाई उनीहरूको मूल देश नभए पनि ईयूले सुरक्षित ठानेको अन्य देशमा फिर्ता पठाउन सकिनेछ ।

यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ खोल्ने योजना पनि समावेश छ । जसमा आप्रवासीहरूले यूरोप छोड्न अस्वीकार गरेमा कडा दण्ड र लामो समयको हिरासतको व्यवस्था हुनेछ ।

साथै, ईयूले ठूलो सङ्ख्यामा आगमन हुने देशहरूमा दबाब कम गर्न ३० हजार आश्रयार्थी वितरण गर्ने वा प्रतिव्यक्ति २० हजार युरो योगदान गर्ने नयाँ ‘एकता प्रणाली’ लागू गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा