+
Search

ताजा अपडेट +

पपुलर +

भारतको असममा रेलसँग हात्तीको बथान ठोक्किदा आठ हात्तीको मृत्यु

शब्द-यात्रा
२०८२ पुष ५, शनिबार

भारतको असमस्थित होजाई जिल्लामा तीव्र गतिमा गुडिरहेको रेलसँग हात्तीको बथान ठोक्किदा आठवटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने एउटा हात्ती गम्भीर घाइते भएको छ।

नयाँ दिल्लीतर्फ जाँदै गरेको उक्त रेलले शनिबार बिहान करिब २ः१७ बजे हात्तीलाई ठक्कर दिएपछि रेलको इन्जिनसहित पाँचवटा डिब्बा पटरीबाट खसेर दुर्घटनाग्रस्त भएका हुन् ।

अहिले घटनास्थलमा उद्धार कार्य जारी छ । रेल सेवा सुचारु गर्ने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा