+
Search

ताजा अपडेट +

पपुलर +

ट्रम्पले भने – भेनेजुएलाका राष्ट्रपतिले पद छाड्नु नै बुद्धिमानी हुन्छ

शब्द-यात्रा
२०८२ पुष ९, बुधबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पद छाड्नु नै बुद्धिमानी हुने बताएका छन् ।

दुई नेताबीच तनाव बढ्दै जाँदा ट्रम्पले यस्तो टिप्पणी गर्दै यदि मादुरोले कठोर बन्ने प्रयास गरे यो नै उनको अन्तिम पटक हुने चेतावनी दिएका हुन् ।

ट्रम्पले फ्लोरिडाको पाम बिचस्थित आफ्नो मार–अ–लागो रिसोर्टमा मदुरोलाई सत्ता छाड्न बाध्य पार्ने लक्ष्य हो कि भनेर सोधिएको प्रश्नको जवाफमा यस्तो टिप्पणी गरेका हुन् ।

तर मदुरोले हरेक नेताले आफ्नै राष्ट्रको आन्तरिक मामिलामा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा