+
Search

ताजा अपडेट +

पपुलर +

भारतमा एयर एम्बुलेन्स दुर्घटनाः सवार सबै सात जनाको मृत्यु

शब्द-यात्रा
२०८२ फागुन १२, मंगलबार

काठमाडौँ । भारतको झारखण्डबाट दिल्ली जाँदै गरेको चार्टर्ड विमान चतरामा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै सात जनाको मृत्यु भएको छ ।

सोमबार साँझ राँचीबाट उडेको रेडबर्ड बीचक्राफ्ट किङ एयर बी९०एल एयर एम्बुलेन्स त्यसको केही समयपछि झारखण्डको चतरा जिल्लाको सिमरियाको जंगलमा दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा क्याप्टेन विवेक विकास भगत (पाइलट), क्याप्टेन सबराजदीप सिंह (सहपाइलट), सञ्जय कुमार (बिरामी), अर्चना देवी (आफन्त), धुरु कुमार (आफन्त), विकास कुमार गुप्ता (डाक्टर) र सचिन कुमार मिश्र (प्यारामेडिकल स्टाफ) सवार थिए। उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा