+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानले दियो बधाई

शब्द-यात्रा
२०८२ फागुन २६, मंगलबार

काठमाडौँ । नेपालले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा पाकिस्तानले नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका काठमाडौँस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्त्व दिने उल्लेख गर्दै उनले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा