+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ समकक्षीद्वारा प्रधानमन्त्री बालेन शाहलाई बधाई

शब्द-यात्रा
२०८२ चैत १४, शनिबार

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चिनियाँ प्रधानमन्त्रीले प्रधानमन्त्री शाहलाई आज एक बधाई सन्देश पठाउँदै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’ मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताएका छन्। प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर ‘बेल्ट एण्ड रोड इनिसिएटभ्’ लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा