+
Search

ताजा अपडेट +

पपुलर +

भारतमा ४० भन्दा बढी औद्योगिक कच्चा पदार्थको भन्सार शून्य

शब्द-यात्रा
२०८२ चैत १९, बिहीबार

काठमाडौँ । भारत सरकारले आफ्ना उद्योगको लागत खर्च घटाउने उद्देश्यले विभिन्न प्रकारका महत्त्वपूर्ण रसायन, प्लास्टिक र औद्योगिक कच्चा पदार्थमा लाग्ने आयात शुल्क पूर्ण रूपमा हटाइएको छ ।

अमेरिका–इजराइल र इरानबीचको युद्धका कारण विश्वभर पेट्रो केमिकलको अभावमा उद्योगहरू विस्तारै बन्द हुँदै गर्दा भारतको यो कदमले औषधि, कपडा, अटोमोबाइल, प्लास्टिकजन्य र प्याकेजिङ उद्योगहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

भारतले एनहाइड्रोस अमोनिया, टोलयुन्स, स्टेरिन, डाइक्लोरोमिथेन (मिथ्लिन क्लोराइड), भिनाइल क्लोराइड मोनोमर, मिथानोल (मिथाइल अल्कोहल), आइसोप्रोपाइल अल्कोहल, मोनोइथ्लिन ग्लुकोल, फेनोल, एसाइटीक एसिड, भिनाइल एस्टेट मोनोमर, प्युरिफाइड टेरेफ्थालिक एसिड र इथ्लिनडाइमिनको आयातमा लाग्ने भन्सार शुल्क शून्य बनाएको हो ।

हाल भारतले करिब ३७ अर्ब डलर बराबरको आन्तरिक उत्पादन क्षमता विस्तार योजना अघि बढाइरहेको छ । भारतको पेट्रोकेमिकल क्षेत्र सन् २०३० सम्ममा २३० अर्बदेखि २५५ अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा