काठमाडौँ । अमेरिकासँगको वार्ता असफल भएपछि इरानको वार्ता टोली पनि पाकिस्तानबाट स्वदेश फर्किएको छ ।
इरानी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश प्रस्थान गरेको हो।
वार्ताका लागि इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा वार्ता टोली शुक्रबार राति पाकिस्तान आएको थियो । इस्लामावादमा २१ घण्टासम्म भएको वार्ता निष्कर्षविहीन भएपछि यसअघि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पनि स्वदेश प्रस्थान गरिसकेको छ ।
अमेरिकाले आफ्ना मागहरू इरानले अस्वीकार गरेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको जनाएको छ । उपराष्ट्रपति भान्सले ‘अन्तिम र उत्तम प्रस्ताव’ अगाडि सारेको बताएका छन्।
इरानी प्रतिनिधिमण्डलका नजिकका स्रोतहरूले समाचार एजेन्सीहरूलाई बताएअनुसार अमेरिका वार्ताबाट बाहिरिन बहाना खोजिरहेको थियो । अमेरिकाको अन्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानले आरोप लगाएको छ ।
यससँगै करिब डेढ महिनादेखि जारी अमेरिका–इजरायल र इरान युद्ध अनिश्चित बन्ने देखिएको छ ।
प्रतिक्रिया