+
Search

ताजा अपडेट +

पपुलर +

सौर्य आँधी बुझ्न ईयू र चीनले विकास गरेको अन्तरिक्ष यान प्रक्षेपण

शब्द-यात्रा
२०८३ जेठ ५, मंगलबार

काठमाडौँ । पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली सङ्घ ईयू र चीनले संयुक्त रूपमा विकास गरेको ‘स्माइल’ अन्तरिक्ष यान मङ्गलबार सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको छ।

सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा ठोक्किदा के हुन्छ भन्ने बुझ्न यो महत्त्वाकांक्षी वैज्ञानिक अभियान सुरु गरिएको हो।

विशेषज्ञहरूका अनुसार शक्तिशाली सौर्य आँधीले पृथ्वी वरिपरिका उपग्रह प्रणाली, सञ्चार सञ्जाल, अन्तरिक्ष स्टेशन तथा अन्तरिक्ष यात्रीहरूलाई गम्भीर असर पुर्‍याउन सक्छ । यस्तै घटनाकै कारण उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा आकाशमा देखिने चम्किला अरोरा अर्थात् ‘नर्दन लाइट्स’ र ‘सदर्न लाइट्स’ सिर्जना हुने गर्छन्।

यही रहस्यमय अन्तरिक्षीय मौसमबारे थप जानकारी सङ्कलन गर्न ‘स्माइल’ नामक अन्तरिक्ष यानलाई पृथ्वीको चुम्बकीय क्षेत्रको पहिलो एक्स–रे अवलोकन गर्ने जिम्मेवारी दिइएको छ। ‘स्माइल’ अर्थात् ‘सोलार विन्ड म्याग्नेटोस्फेयर आयनोस्फेयर लिङ्क एक्सप्लोरर’ नाम दिइएको यो मिसन युरोपेली अन्तरिक्ष एजेन्सी र चिनियाँ विज्ञान प्रतिष्ठानबीचको संयुक्त परियोजना हो।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा