+
Search

ताजा अपडेट +

पपुलर +

म्यान्माका राष्ट्रपति भारतमा

शब्द-यात्रा
२०८३ जेठ १६, शनिबार

नयाँ दिल्ली । म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ भारतको भ्रमणका लागि शनिबार भारत आइपुगेका छन् । भ्रमणमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारत तथा म्यान्मा सरकारका अनुसार पूर्वसेना प्रमुख तथा म्यान्माका राष्ट्रपति ह्लाइङले आफ्नो पाँच दिने भ्रमणमा व्यापारिक प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारतको विदेश मन्त्रालयले ह्लाइङलको भ्रमणको जानकारी उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ । प्रवक्ता रणधीर जयस्वालले भारतको पूर्वी राज्य बिहारमा ह्लाइङलाइ स्वागत गरेको तस्विरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा