+
Search

ताजा अपडेट +

पपुलर +

इरान युद्धमा अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब डलर माग

शब्द-यात्रा
२०८३ असार ११, बिहीबार

ह्वाइट हाउसले इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस पनि सिर्जना गरेको छ ।

ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार कङ्ग्रेसलाई पठाएको पत्रमा इरानसँग सम्बन्धित ‘अपरेसन एपिक फ्युरी’ का तत्काल आवश्यकताका साथै अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रण र अमेरिकी किसानलाई सहयोग गर्न अतिरिक्त बजेट आवश्यक रहेको जनाएको छ ।

प्रस्तावित रकममध्ये करिब ७० अर्ब डलर रक्षा मन्त्रालयलाई छुट्याइएको छ । यो रकम सैन्य तयारी, सैनिक कर्मचारीको खर्च, युद्धका क्रममा प्रयोग भएका हतियार तथा सामग्रीको पुनः भण्डारण, सञ्चालन खर्च र गोप्य कार्यक्रमहरूका लागि प्रयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा