+
Search

ताजा अपडेट +

पपुलर +

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो

शब्द-यात्रा
२०८३ असार ११, बिहीबार

कारकास । भेनेजुएलामा हालै आएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६४ पुगेको छ ।

कार्यवाहक राष्ट्रपति डोल्सी रोद्रिगेजले बिहीबार बिहान राष्ट्रलाई सम्बोधन गर्दै खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने आशङ्का गरेकी छन् ।

भूकम्पमा परेर घाइते हुनेको सङ्ख्या ९७१ जना पुगेको बताइएको छ । अधिकारीहरूका अनुसार धेरै भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने सयौँ संरचनामा गम्भीर क्षति पुगेको छ । भग्नावशेषभित्र मानिसहरू फसेको हुनसक्ने अनुमानका आधारमा उद्धार टोलीहरू निरन्तर खटिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा