+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिका र इरान तनावले कच्चा तेलको मूल्य बढ्यो

शब्द-यात्रा
२०८३ असार १५, सोमबार

काठमाडौँ । अमेरिका र इरानबीच भएको अन्तरिम शान्ति सम्झौताको पालना नभएपछि सोमबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने इन्धन ढुवानी पुनः सुस्त भएको छ ।

सोमबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ५८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर ७२.५७ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) क्रुडको मूल्य प्रतिब्यारेल ८८ सेन्ट अर्थात् १.३ प्रतिशतले बढेर ७०.११ डलर पुगेको छ।

गत फेब्रुअरीको अन्त्यमा इरानमाथि सुरु भएको अमेरिका–इजरायल युद्धपछि गत हप्ता सो क्षेत्रबाट तेल ढुवानी उच्च विन्दुमा पुगेको थियो, जसका कारण ब्रेन्ट क्रुडको मूल्यमा १०.६ प्रतिशतको गिरावट आएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा