भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले यसै वर्ष आफ्नो देश फर्किने जनाएकी छन्।
विद्यार्थी नेतृत्वको विद्रोहपछि निर्वासनमा रहेकी उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै वर्ष स्वदेश फर्किने उल्लेख गरेकी छन्।
उनविरुद्ध गत महिनामा मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो।
सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले ७८ वर्षीया आवामी लिगकी नेतृसमेत रहेकी पूर्वप्रधानमन्त्री हसीनाको १५ वर्ष लामो कठोर शासन अन्त्य गरेपछि सुरक्षाका लागि केही निकट आफन्तसहित उनी छिमेकी भारततर्फ भागेकी थिइन्।
प्रतिक्रिया